
भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० जनाको ज्यान गएको छ । अन्य २१ जनालाई बसबाट उद्धार गरिएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस कन्नौजको गुरसहाय गञ्जबाट जयपुरका लागि छुटेको थियो ।
मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनामा परि घाइते भएकाहरुको उपचार सरकारले गर्ने बताउनुभएको छ । सरकारले घाइतेको उपचारका लागि ५०/५० हजार र मृतकका परिवारलाई २/२ लाख रुपैयाँ राहतस्वरुप दिने उहाँले घोषणा गर्नुभयो । साथै मुख्यमन्त्री आदित्यनाथले घटनाको अनुसन्धान गर्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिनुभएको छ ।
यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा मृत्यु भएका परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गर्नुभएको छ । ट्वीट गर्दै उहाँले घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।
ट्रकसँग एसीयुक्त बस ठोक्किदा दुवैमा आगो दन्किएको थियो । बसमा गुरसहायगञ्जका २६ जना र छिबरामउका १७ जना यात्री चढेको कन्नौजका जिल्लाअधिकारी रविन्द्र कुमारले जानकारी दिनुभयो ।
उत्तर प्रदेश के कन्नौज में हुए भीषण सड़क हादसे के बारे में जानकर अत्यंत दुख पहुंचा है। इस दुर्घटना में कई लोगों को अपनी जान गंवानी पड़ी है। मैं मृतकों के परिजनों के प्रति अपनी संवेदनाएं प्रकट करता हूं, साथ ही घायलों के शीघ्र स्वस्थ होने की कामना करता हूं।
— Narendra Modi (@narendramodi) January 11, 2020