उत्तर कोरियामा एक महिलाको घरमा जब आगो लागि भयो तब उनी स्वभाविक रुपले आफ्नो बच्चालाई बचाउने काममा तल्लिन रहिन् ।

तर त्यस क्रममा घरमा सजाइएको किम जोङ सुङ र किम जोङ इलको तस्विर जल्न पुग्यो ।

उत्तर कोरियामा सबै परिवारले आफ्नो घरमा किम इल–सुङ र किम जोङ–इलको तस्विर लगाउनुपर्छ ।

यही महिना चीनको सिमानासँग जोडिएको नर्थ ह्यामयोङ प्रान्तको आनसान्गमा बसोबास गर्ने महिलाको घरमा आगजनी भएको थियो ।

ती महिला अर्को एक परिवारसँग मिलेर संयुक्त घरमा बस्थिन् । आगलागीको क्रममा दुवै परिवारले घरका मानव सदस्यलाई बचाउनमा ध्यान केन्द्रीत गरे ।

त्यसले गर्दा घरमा सजाइएको देशका ऐतिहासिक नेताको तस्विर जोगाउन सम्भव भएन ।
अहिले ती महिलामाथि कानुनी कारबाहीको सम्भावना रहेको सरकारी मिडियाले चर्चा गर्न थालेका छन् ।

आफूमाथि कारबाही हुने सम्भावनामाझ ती महिलाले आफ्नो घाइते बच्चा र आफ्नै उपचारका लागि अस्पताल जान सकेकी छैनन् ।

उत्तर कोरियाको कानुन अन्तर्गत किम परिवारका सबै सदस्यलाई सम्मान दिनु अनिवार्य छ । तिनको फोटोलाई उचित सम्मान दिन असफल हुनुलाई राजनीतिक अपराध मानिन्छ ।

उत्तर कोरियामा ती व्यक्तिलाई नायकको रुपमा प्रस्तुत गरिन्छ जो डडेलो वा बाढीको समयमा पनि किम परिवारका फोटालाई सुरक्षित आफूसँग लिएर निस्कन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah