हाम्रो शररिको महत्वपुर्ण अंग भनेको ओठ हो । ओठ राम्रो भयो भने हरेक मानिस सुन्दर देखिन्छ । उमेर ले वा अन्य विभिद कारणले गर्दा ओठको रँग बदलिने हुन्छ ।अनियमित खानपानले धुम्रपानको असरले गर्दा पनि यसको रङ बदलिने गर्दछ । प्रत्येक मानिसहरुले आफनो ओठ सुन्दर राख्न प्राक्रतिक रङ फर्काउन विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता उपाय पनि छन्, जसले तपाईंको प्राकृतिक चमकलाई ओठमा फर्काउन सक्छ ।

ओठ कालो हुने कारण हरेक छन । कफीको अत्यधिक सेवनले समस्या निम्याउन सक्छ । राति सुत्नुअघि मेकअप हटाउने गर्नुहुन्न भने पनि यसले तपाईंको ओठको रङ बदलेको हुन सक्छ ।

प्रदूषण तथा घामको विकिरणका कारण पनि ओठ कालो हुन सक्छ । सुत्नु अघि कागतीलाई निचोरेर ओठमा लगाउनुपर्छ । एक दुई महिना सम्म यो नियमित गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय