दमक/दमक जेसीज बर्ष २०२० का लागि दमकका अगुवा युवा नेतृत्व कमल कट्वालले नेतृत्व पाउनु भएको छ । सोमबार राती अबेर सम्पन्न निर्वाचनबाट कट्वाल बर्ष २०२० का लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षका लागि सुयोग खरेर र निरोज आचार्यले पनि दाबी पेश गर्नुभएको थियो ।
अन्तिम समयमा खरेलले निर्वाचनमा भाग नलिएपछि आचार्य र कट्वालबीच चुनावी प्रतिस्पर्धा भएको थियो । कट्वालले ५१ मत प्राप्त गर्दै फराकिलो मतान्तरले विजयी हुनुभएको हो । निकटतम प्रतिस्पर्धी आचार्यले १९ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी कार्यकारीणी उपाध्यक्षमा रमेश कुमार कामत (बिश्वास ) ४१ , र नवराज उप्रेती (अनिश) ४७ मत ल्याएर विजयी हुनुभएको छ । ति पदमा राज कुमार अग्रवालले २८ र रमेश लुइँटेलले २२ मतमा चित्त बुझाउनु परेको छ । त्यस्तै उपध्यक्षमा सुनिता आचार्य, सहदेव भट्टराइ, दिपेश दाहाल र राजेन्द्र बिमली निर्बिरोध निर्वाचित हुनुभएको थियो । त्यस्तै तालिम निर्देशकमा सुमन कोइराल र जन सम्पर्क अधिकारीमा उमेश गजमेर निर्बिरोध निर्वाचित हुनु भएको दमक जेसीज वर्ष २०२० का लागि प्रमुख निर्वाचन आयुक्त गोबिन्द राज कट्टेलले जानकारी दिनु भयो ।

फोटो फेसबुक बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय