प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले बिहिबार आफ्ना सांसदको हस्ताक्षर गरेपछि सत्तासिन दलहरूमा खैलाबैला मच्चिएको छ । केहीदिन अघि प्रधान्यायाधिसलाई महाअभियोग लगाउका एमाले कांग्रेसको एमालेले समेत सांसदलाई हस्ताक्षर गराएपछि सातो उडेको हो । तर त्यो उक्त हस्ताक्षरको प्रयोजन भने खुलाएको छैन । एमाले स्रोतका अनुसार सांसदहरुका यी हस्ताक्षर संसदीयदलमा सुरक्षित रहनेछन् ।
स्रोतका अनुसार एमालेसग सांसदहरुको सक्कली हस्ताक्षर संसदीय दलमा सुरक्षित थिएन । यस अघि तयार गरेको सो हस्ताक्षर तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाभियोग प्रस्तावमा खर्च भएको थियो । एमालेले आफ्नो संसदिय दलका लागि हस्ताक्षर गराएको भएपनि निलम्बित प्रधानन्यायधीश शुसिला कार्कि माथि लगाइएको महाअभियोगको बदला लिन हस्ताक्षर गराएको हुन सक्ने भन्दै सत्तापक्ष शशंकित बनेको छ ।
सरकारले प्रधानन्यायधीश शुसिला कार्की विरुद्ध ल्याएको महाभियोग प्रस्तावको अर्थ पनि एमालेले राम्रोासग बुझेको छ। त्यसैले सरकारसग बुझ्ने भाषायमा ट्याकल गर्ने मु्डमा एमाले रहेको बताइन्छ । सरकारले महाअभियोगको विषयमा पेलेर गए वर्तमान कार्यबाहक प्रधानन्यायधीश गोपाल पराजुली माथि समेत आफुले महाअभियोग लगाइदिने चेतावनी एमालेले भित्रभित्रै दिँदै आएको छ । एमालेले पटक पटक महाअभियोग फिर्ता लिन सत्तापक्षलार्य दबाब दिँदै आएको छ । एमालेका एक नेताले न्यूजसेवालाई बताए “ अहिले हामी महाअभियोगको बदलामा महाअभियोग ल्याउने तयारमिा त छैनौ, तर सरकारले यसैगरी स्वेच्छाचारी ढंगले पेल्दै लगे एमाले चुप लागेर बस्दैन, अहिलेलाई यत्ति बुझ्नुस् । ”



