
बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगनले शाही उपाधि उपयोग नगर्ने निर्णय लिएका छन् । त्यसका साथै दुवैले अब राजपरिवारका लागि उपलब्ध पब्लिक फन्ड्स पाउने छैनन् ।
अनि उनीहरू कुनै पनि देशमा महारानी एलिजाबेथको प्रतिनिधि पनि हुने छैनन् ।
महारानीको बकिंघम प्यालेसले शनिवार यसको घोषणा गरेको हो । प्रिन्स ह्यारी र मेगनले आफ्नो फ्रगमोर कटेजलाई नवीकरण गर्नका लागि खर्च गरेको २४ लाख पाउन्ड पनि फर्काउनेछन् ।
महारानीका तर्फबाट जारी आधिकारिक बयानमा लेखिएको छ, ‘महिनौंसम्म चलेको कुराकानी र चर्चापछि मेरो नाति र उसको परिवारलाई रचनात्मक सहयोग गर्ने निर्णय हामीले लिएका छौं । ह्यारी, मेगन र आर्ची हाम्रो परिवारको सबभन्दा प्रिय सदस्य रहिरहनेछन् । म उनीहरूले सामना गरेको चुनौतीलाई बुझ्छु । विगत दुई वर्षयता उनीहरूलाई मिडियाले लगातार ट्रायलमा राखिरह्यो । हामीहरू उनीहरूको स्वतन्त्र जीवन जिउने निर्णयलाई समर्थन गर्छौं ।’
अब ह्यारी र मेगनले ड्युक अफ ससेक्स र डचेज अफ ससेक्स नामसँगै हिज हर रोयल हाइनेसको उपाधि प्रयोग गर्ने छैनन् । यसपछि अब ह्यारी र मेगन क्यानडामा बस्नेछन् । उनीहरूले परोपकारी संस्था शुरू गर्ने योजना बनाएका छन् । एजेन्सी