काठमाडाैँ/  काठमाडाैँकाे बुढानिलकण्ठमा अवस्थित जनसेवक बालाहित संरक्षण केन्द्रलाइ Smile Trust Nepal र FFL Foundation को संयुक्त अभियानमा अार्थिक सहयाेग प्रदान गरीएकाे छ। जम्मा ११ जना बाल बालिकाहरुको रहेकाे उक्त केन्द्रको लागि ५ महिनाको घर भाडा स्वरूप रू एक लाखका साथै ३ बोरा चामल र म्याट पनि हस्तान्तरण गरीएकाे हाे ।

शनिबार अायाेजित कार्यक्रममा उक्त नगद तथा खाद्य सामग्री प्रदान गर्नुकाे साथै बाँकीरहेकाे नगदबाट अब चाँडै नै उक्त संस्थामा कपडा राख्ने दराज र पाठ्य सामग्री पनि प्रदान गरीने संस्थाले जानकारी दिएकाे छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

Smile Trust Nepal र FFL Foundation को संयुक्त अभियानमा सचिन अधिकारी, कपिल  तथा आर के रोमस को सहकार्यमा भव्यताका साथ  सम्पन्न भएको थियाे।

ffl Foundation की एडमिन संगीता बलामी र smile trust Nepal कि एडमिन कृति अधिकारिको उपस्थिति रहेको थियो ।