सोफी फन्टानेल पेरिसकी एक प्रसिद्ध लेखिका हुन्। उनले २७ वर्षको उमेरमा अचानक सेक्ससँग दूरी बनाउने फैसला गरिन्।

योसँगै फन्टानेलले १२ वर्षसम्म सेक्स गरिनन्। र, यसरी लामो समयसम्म सेक्स नगर्दा जीवनमा परेको असरबारे आफ्नो किताव ‘आर्ट अफ स्लीपिङ्ग एलोन’ मा खुलाएकी छन्।

५७ वर्षीया सोफीले हालै मात्र न्यूयोर्क टाइम्समा एक अन्तर्वार्ता दिएकी छन्। १२ वर्षसम्म सेक्स नगर्दा आफूमा कस्तो प्रकारको शारीरिक र मानसिक परिवर्तन आयो भन्नेबारे खुलाएकी छन्।

सोफी २२ वर्षकी हुँदा उनी प्रेम सम्बन्धमा परेकी थिइन्। उनी ५ वर्षसम्म प्रेम सम्बन्धमा रहिन्। यो बेला सोफी आफ्ना प्रेमीलाई खुसी राख्न हरदम प्रयास गर्थिन्।

तर, उनलाई एक दिन लाग्यो ‘खुसीका लागि सबै चिज’ गर्ने चक्करमा आफूसँग गलत नहोस। र, आफैलाई सोधिन के म सन्तुष्ट छु?

सोफीलाई आफ्नो सेक्स जीवनप्रति दिक्क लाग्न थाल्यो। तर, उनलाई यो कुरा स्वीकार गर्न मुस्किल भइरहेको थियो। उनले भनेकी छिन्,‘सेक्सको अनुभव नलिएका मान्छे यसलाई अफ्ठेराे मान्ने गरेको पाइन्छ। तर फ्रान्समा खाना र सेक्सलाई प्राथमिकता दिइन्छ।’

सोफीले आफ्ना प्रेमीसँग भनिन्, ‘म एक्लै रहन चाहन्छु।’ सोफीका साथीहरुले पनि उनीसँग सोधे ‘तिमी अरुसँग माया गर्न थालेको हो?’

तर, उनले भनिन्, ‘म आफ्नो शरीरलाई आराम दिन चाहन्छु।’ सोफी जान्न चाहन्थिन् उनको शरीरले सेक्स बाहेक अरु के चाहन्छ?

सोफीको भनाइ छ कि शारीरिक सम्बन्ध राख्दा आफ्नो पार्टनरसँग भरोसा हुन्छ। शरीर, दिल र दिमागी रुपमा पनि आफ्नो पार्टनरसँग सँगै रहन सकु भन्ने हुन्छ।’

उनी शारीरिक रुपमा प्रेमीसँग रहन्थिन् तर उनको दिमाग अन्यत्रै हुन्थ्यो। सोफी मानसिक रुपमा एकत्रित हुन चाहन्थिन् तर शारीरिक रुपमा आफैँलाई तयार गर्न सक्थिनन्। एक दिन हिम्मत गरिन्। आफ्नो पार्टनरसँग कुराकानी र सेक्सबाट दूरी बढाउने निर्णय लिइन्।

सोफीका अनुसार आफूले उक्त फैसला लिएको केही दिनमै खुशी महसुस भयो। उनलाई आफ्नो फैसलामा पछुतो पनि लागेन। उनले भनेकी छिन्, ‘मभित्र कयौँ इच्छा जागे तर पुरुषलाई लिएर थिएन।’

उनी त्यसपछि ग्रीस गइन घुम्न। स्विमिङ शुरु गरिन्। र पानीमा रहन राम्रो लाग्न थाल्यो। उनी साथीहरुलाई समय दिन थालिन, रमाउन थालिन।

सोफीको भनाइ छ, आफ्नो बोरिङ सेक्स लाइफमा फोकस गर्न बन्द गरिदिए। त्यसपछि उनी माया बाहेक जिन्दगीको अरु अध्यायबारे सोच्न थालिन।

र, सोफीको जिन्दगी जिउने तरिका परिवर्तन भयो। सोफीको भनाइ छ ‘सेक्स नगर्नुको मतलब दुखी वा बोरिङ हुनु होइन।’

अन्तर्वातामा उनले भनेकी छिन्, ‘धेरै मान्छे सेक्सलाई जिन्दगीको सबैभन्दा ठूलो चीज मान्छन्। तर मेरा लागि यो भन्दा पनि जरुरी माया गर्नु र कविता लेख्नु हो। मेरो शरीर मशीन होइन। यो जान्न मलाई धेरै समय लाग्यो।’

सोफीले यो पनि भनेकी छन्, ‘यदि तपाईँसँग कोही होस्। जोसँग सबै कुरा आदानप्रदान गर्न सक्नुहुन्छ। तपाईँ आफ्नोे जिन्दगी आफ्नो हिसाबले जिउन सक्नुहुन्छ। सेक्स च्वाइस हुनुपर्छ। अनिवार्यता होइन।’-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah