अमेरिकाको लास भेगासको एक मलमा एक किशोर बन्दूकधारीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । गोली चलाएर ती किशोर भागेका छन् ।

लास भेगास मेट्रो पुलिस डिपार्टमेन्टले मंगलवार बेलुका फेशन शो मलमा गोलीकाण्ड भएको बताए । मललाई अहिलेसम्म लकडाउन गरिएको छ र प्रहरीले बन्दूकधारीको खोजी गरिरहेको छ ।

युवकहरूको एक समूहले झगडा गरेपछि एक व्यक्तिले बन्दूक निकालेको र भीडमा गोली हानेको स्थानीय प्रहरीले जनायो ।

८ न्युज नाउ पत्रिकाले एक प्रत्यक्षदर्शीसँग कुरा गर्दा उनले दुईजनालाई गोलीको घाउ लागेको बताइन् । तीमध्ये एक वृद्ध पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय