अमेरिकाको लास भेगासको एक मलमा एक किशोर बन्दूकधारीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । गोली चलाएर ती किशोर भागेका छन् ।

लास भेगास मेट्रो पुलिस डिपार्टमेन्टले मंगलवार बेलुका फेशन शो मलमा गोलीकाण्ड भएको बताए । मललाई अहिलेसम्म लकडाउन गरिएको छ र प्रहरीले बन्दूकधारीको खोजी गरिरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युवकहरूको एक समूहले झगडा गरेपछि एक व्यक्तिले बन्दूक निकालेको र भीडमा गोली हानेको स्थानीय प्रहरीले जनायो ।

८ न्युज नाउ पत्रिकाले एक प्रत्यक्षदर्शीसँग कुरा गर्दा उनले दुईजनालाई गोलीको घाउ लागेको बताइन् । तीमध्ये एक वृद्ध पनि हुन् ।

https://video.dailymail.co.uk/preview/mol/2020/01/22/8514804451145135993/636x382_MP4_8514804451145135993.mp4