एजेन्सी । भारत र पाकिस्तानबीच बढ्दो तिक्तता र सुरु भइसकेको अघोषित युद्धका कारण अहिले दक्षिण एसिया मात्र नभएर सि‌ंगो विश्व चिन्तित छ । चिन्ता यस कारण पनि बढी छ, यी दुवै आणविक शक्ति राष्ट्र हुन् ।

भारत-पाकिस्तानबीच युद्ध भएमा आणविक हतियार प्रयोग हुनसक्ने सम्भावनाले विश्वभरका मानवतावादीहरुलाई चिन्तित तुल्याएको हो ।

nuclear-countries

भारत छैटौँ र पाकिस्तान सातौँ शक्ति राष्ट्र
आणविक शक्तिका हिसाबले भारत र पाकिस्तान विश्वका छैटौँ र सातौँ शक्तिशाली राष्ट्र हुन् । तर यिनीहरु Treaty on the Non-Proliferation of Nuclear Weapons (NPT) भित्र भने पर्दैनन् । NPT मा पाँच शक्तिशाली राष्ट्रछन् । तिनीहरु हुन्, अमेरिका, रसिया, बेलायत, फ्रान्स, चीन ।

त्यसपछि NPT बाहिरका भारत, पाकिस्तान र उत्तर कोरिया पनि आणविक पावर हुन् । अनि इजरायल पर्छ ।

nuclear-countries-1

 Source: wikipedia

आफूहरु सातौँ शक्तिशाली आणविक राष्ट्र भएकाले म्यानमारजस्तो नसोच्न पाकिस्तानी मिडिया भारतलाई खुल्लमखुल्ला चेतावनी दिइरहेका छन् । जसलाई तलको भिडियोमा पनि हेर्न सकिन्छ । साथै भिडियोमा पाकिस्तानका आणविक हतियार कस्ता छन् र भारतको कुन-कुन सहरलाई निसाना बनाउन सक्छन् भन्ने पनि देखाइएको छ ।

भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय