काठमाण्डौ – अफगानिस्तानको एरियाना एअरलाइन्सले आफ्नो कुनै पनि विमान दुर्घटनाग्रस्त नभएको बताएको छ । एअरलाइन्सको यो बयानपछि अफगानिस्तानमा सोमबार भएको भनिएको कथित विमान दुर्घटनाका बारेमा प्रश्न उठेको छ– त्यो विमान कसको थियो ?

पूर्वी अफगानिस्तानको गजनी प्रान्तको देह याक जिल्लामा यात्रु बोकेको विमान दुर्घटनाग्रस्त भएको समाचार प्राप्त भएको थियो । विमान दुर्घटना भएको भनिएको क्षेत्रलाई आतङ्कवादी सङ्गठन तालिवानको गढ मानिन्छ । स्थानीय अधिकारीहरुले पहिले यात्री विमान एरियाना एअरलाइन्सको भएको बताएका थिए ।

तर एअरलाइन्सले यो भनाइलाई अस्वीकार गर्दै त्यस समय आफ्ना दुई वटा विमान उडिरहेका र दुइटै विमान सुरक्षित रहेको बताएको थियो ।

एरियाना एअरलाइन्सका मुख्य कार्यकारी अधिकृत मीरवाइज मीरजेकवालले यसका बारेमा सञ्चारमाध्यमलाई बताएका छन् । अफगानिस्तानको विमान विभागले पनि कुनै पनि यात्री विमान दुर्घटना नभएको जनाएको छ ।

तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, ‘हाम्रो समूहको कुनै पनि विमान दुर्घटना भएको खबर प्राप्त भएको छैन ।’ जनी प्रान्तका प्रहरी कमाण्डर अहमद खालिद वारदकले कोही पनि मारिएको बारेमा सूचना प्राप्त नभएको बताए ।

इरानी सरकारी सञ्चारमाध्यमले एक फुटेज देखाएको छ, जसमा एउटा विमान जलिरहेको देखाइएको छ । सरकारी सञ्चारमाध्यमहरुले त्यो विमान अमेरिकी एअर फोर्सको हुन सक्ने बताएका छन् । यद्यपि यो दाबीको पुष्टि भैसकेको छैन । अमेरिकी सैनिकले पनि आफ्नो विमान पूर्वी अफगानिस्तानमा सोमबार दुर्घटनाग्रस्त भएको जनाएको छ । विमान कति जना सवार थिए भन्ने बारेमा पनि थाहा भैसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah