एजेन्सी/ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिवार प्यालेस्टाइनको भ्रमण गरे । उनले प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासँग भेटघाट गरे ।

पुटिनको सम्मानमा गार्ड अफ अनर दिइयो । त्यसक्रममा एक जवानको टोपी गार्ड अफ अनर शुरू हुनुअगावै खस्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुटिनले खसेको टोपी देखेपछि प्रोटोकल तोडेर टोपी उठाउँदै जवानको शिरमा लगाइदिए । त्यसपछि उनले बूढी औंला पनि उचाले ।सामाजिक सञ्जालमा पुटिनको यस कार्यको प्रशंसा भइरहेको छ ।