देशभरिका रेडियो हरुको संयन्त्र CIN (community information network) तथा पाथीभरा एफ एम दमक द्वारा आयोजित हाम्रो पालिका रेडियो अन्तर्कृयात्मक कार्यक्रम आज दमक नगरपालिका मा सम्पन्न भएको छ।

दमक नगरपालिकाकि उपमेयर गीता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना, वडा नं ५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, डाक्टर मुक्ती भट्टराई , डाक्टर लेखनाथ न्यौपाने , विवेकशील नेपाली दलका प्रदेश महासचिव सुवास सुवेदी लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रम सन्चालन CIN को तर्फबाट गोविन्द खड्काले गर्नुभएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त अन्तर्कृया मार्फत दमकका समस्याहरु र समाधानको निम्ति सहभागी हरुले उपमेयर र अधिकृत लाई प्रश्न सोधेका थिए भने, वहाँहरुले त्यसको जवाफ दिनुभएको थियो।

विशेषगरि दमकको पर्यावरण , नागरिक हरुको स्वास्थ , शिक्षा, रोजगारी र उत्पादनमुलक कुरामा केन्द्रित रहि भएको छलफलले नगरलाइ अझै सकारात्मक काम गर्न प्रेरणा मिलेको उपमेयर गिता अधिकारिले बताउनुभयो ।

यस्ता कार्यक्रम देशका हरेक पालिका हरुमा हुन भन्ने हेतु नमुना रुपमा सात प्रदेशका सात पालिकामा गर्न लागिएको कार्यक्रम प्रस्तोता गोविन्द खड्काले बताउनु भयो।