काठमाडौं, १६ माघ । कोरोना भाइरसका कारण चीनमा मात्रै १७० जनाले ज्यान गुमाइसकेका छन् । चिनियाँ मिडियाका अनुसार अन्य देशले चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजाने तयारी गरिरहेका छन् । सबैभन्दा धेरै मृत्यु वुहान र हुबेइ प्रान्तका आसपासका क्षेत्रमा भएको बताइएको छ । जहाँ थप ३७ जनाको मृत्यु भएको हो ।

यस्तै सात हजार ७११ चिनियाँ नागरिकमा संक्रमण फैलिएको स्वास्थ्यकर्मीको तथ्याङ्क छ । हुबेइमा मात्रै नयाँ एक हजार ३२ नयाँ बिरामी पुष्टि भएका छन् । तिब्बतमा एक जना बिरामी भएको पुष्टि भएको छ । बिहीबारसम्म चीनका विभिन्न ३१ प्रान्तमा कोरोना भाइरस फैलिएको छ ।

चीन बाहेक दर्जन भन्दा धेरै देशमा कोरोना फैलिसकेको छ । फिनल्याण्ड र दुबइमा समेत बुधबार कोरोना भाइरस भेटिएको छ । कोरोनाकै कारण विश्व स्वास्थ्य संगठनको बिहीबार आपतकालिन बैठक बस्दैछ ।
डब्लूएचओको विश्वलाई यस्तो चेतावनी
खतरनाक जीवाणु कोरोना भाइरसप्रति पूरै विश्व सावधान रहन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुझाव दिएको छ ।

डब्लुएचओका स्वास्थ्य आपत्काल कार्यक्रमका प्रमुखले चीनको उहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध विश्व नै सजग रहनुपर्ने बताएका हुन् । यो खतराक नयाँ भाइरसको संक्रमण नियन्त्रण गर्न सिङ्गो विश्व एक भएर अगाडि बढ्नुपर्ने सुझाव डब्लूएचओले दिएको बीबीसीले जनाएको छ ।

यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी निर्णय गर्न डब्लुएचओले बिहीबार बैठक राख्दै छ । डब्लूएचओका डाक्टर माइक र्‍यानले यो भाइरसको संक्रमण गम्भीर चरणमा पुगेको बताएका छन् । तर यसको फैलावट अझै पनि रोक्न सकिनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ ।

यो कोरोना भाइरसविरुद्धको कुनै स्पष्ट उपचार वा खोप छैन । तर कैयौं मानिस उपचारपछि निको भएका छन् । बीबीसीका अनुसार डाक्टर र्‍यानले चीन जान विज्ञहरूको अन्तर्राष्ट्रिय टोली तयार हुँदै गरेको जानकारी दिएका छन् । टोलीले उक्त भाइरस कसरी सर्छ भन्नेबारे थप तथ्य पत्ता लगाउने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah