आश्विन १४, २०७३ भारत पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ । सीमा क्षेत्रमा भारतले गरेको सैन्य कारबाही सर्जिकल स्ट्राइक्सपछि यी मुलुकबीच युद्धको संभावना बढदै गएको हो । पछिल्लो पटक दुबै देशले युद्धको तयारीको झल्को दिनेगरी गतिविधि तीब्र पारेका छन् । दुवै मुलुकले सीमा क्षेत्रबाट स्थानिय वासिन्दालाई हटन निर्देशन जारी गरेका छन् । भारतिय आक्रमणको कसरी प्रतिवाद गर्ने भन्नेबारे छलफल गर्न पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले मन्त्रीमण्डल र राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ । यस्तै, आगामी बुधबार संसदको संयुक्त सत्र पनि बोलाइएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । आक्रमणको प्रतिक्रिया स्वरुप पाकिस्तानले भारतिय उच्चायुक्त गौतम बमवावलेलाई फिर्ता पठाएको छ । पाकिस्तानी सेना प्रमुखले आफनो मुलुकमा भएको आक्रमणको कडा जवाफ दिने बताएका छन् । यता  भारतले पनि आफना सबै सैनिकलाई तयारी अबस्थामा रहन अलर्ट जारी गरेको छ । अस्पतालमा कार्यरत कर्मचारी चिकित्सकको बिदा रद्ध गरिएको छ ।

Radio Kantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय