मेक्सिको सिटी — अमेरिका सीमामा तस्करहरुले प्रयोग गर्ने हालसम्मकै लामो सुरुङ फेला परेको छ । ४ हजार ३ सय ९ फिट लामो सुरुङमा लिफ्ट, रेल ट्र्याक, ढल निकास र ‘एयर भेन्टिलेसन’ प्रणालीका साथै ‘हाई भोल्टेज इलेक्ट्रिकल केबल’ पनि पाइएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

सुरुङको औसत गहिराइ सतहबाट ७०, उचाइ ५.५ र चौडाइ २ फिट रहेको अमेरिकी भन्सार तथा सीमा संरक्षण एकाईले जनाएको छ। सुरुङ निर्माणका लागि कति समय लाग्यो होलो भन्नेबारे भने प्रस्ट पारिएको छैन। सुरुङ मेक्सिकोको राजधानी मेक्सिको सिटीस्थित तिजुआनको औद्योगिक क्षेत्रबाट अमेरिकाको क्यालिफोर्निया क्षेत्रको सान डियागोसम्म फैलिएको अमेरिकी अधिकारीको भनाइ छ।

सुरुङबाट कसैलाई पक्राउ गरिएको छैन र लागूऔषध पनि फेला परेको छैन। सुरुङ कसले निर्माण गरेको हो भन्नेबारे केही जानकारी नभएको अधिकारीहरुले बताएका छन्। सो क्षेत्रमा लागूऔषध तस्करीका लागि विश्वकै सबैभन्दा ठूलो मेक्सिकन गिरोह ‘सिनालोआ कार्टेल’ सक्रिय रहेकाले उसले नै सुरुङ बनाएको हुन सक्ने अमेरिकी अनुमान छ।

सुरुङबार गत अगस्टमै सूचना प्राप्त गरिएको मेक्सिकोले बताएको छ। त्यसबेला सुरुङको प्रवेशद्वारमात्रै फेला परेको थियो। पछि अमेरिकी अनुसन्धानकर्ताले त्यसबारे अध्ययन गरेर बुधबार विस्तृत विषय सार्वजनिक गरेका हुन्।

यसअघि सन् २०१६ मा पनि मेक्सिको–क्यालिफोर्निया सीमामा दर्जनभन्दा बढी सुविधासम्पन्न सुरुङ भेटिएका थिए। अमेरिकाको दोस्रो ठूलो सुरुङ सन् २०१४ मा सान डियागोमा भेटिएको र त्यसको लम्बाइ २ हजार ९ सय ६६ फिट रहेको अमेरिकी भन्सार कार्यालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख प्राथमिकतामा मेक्सिको सीमा हुँदै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासी र लागूऔषध रोक्नेछ। उनले मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउनुपर्ने बताउँदै आएका छन्। तर पनि मध्यअमेरिकी देशसहित अफ्रिका र एसियाका गैरकानुनी आप्रवासी मेक्सिको र अमेरिकाको सीमा हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah