दमक ,गाउँमा लाइब्रेरी कार्यक्रम अन्तरगत रोटरी क्लब अफ दमक र रोट्याक्ट क्लब अफ दमकको संयुक्त आयोजनामा दमक  नगरपालिकाको वडा नम्बर ३ ताराबारी डिपुमा सामुदायिक पुस्तकालय निर्माण गरि स्थानिय समुदायलाई हस्तान्तरण गरेको छ ।


माघ ४ गतेदेखि १४ गते सम्म पुस्तक सङकलन कार्यक्रम गरि रोट्याक्ट क्ल्ब दमकले ६५० थान पुस्तकहरु सङै पुस्तकालय लाई आवस्यक विविध भौतिक सामाग्री सङकलन गरेको थियो।चित्रकार अभिषेक दासले स्थानीय लाइब्रेरीलाई आवस्यक फर्निचर प्रदान गर्नु भएको थियो।

रोटरी क्लब अफ दमकका अध्यक्ष सन्दिप चापागाईं र रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष सुदिप लिम्बू ले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा दमक नगरपालिकाका उपमेयर गीता अधिकारीले शुभकामना मन्तव्य राख्दै लाइब्रेरी लाई आवस्यक सहयोग गरि लाइब्रेरी लाई चाहिने ५० थान किताबहरु नगरपालिकाबाट प्रदान गरिने घोषणा गर्नु भएको छ ।

स्थानिय वडा अध्यक्ष नवीन बरालले उक्त वडामा सन्चालित लाइब्रेरी लाई पठन सस्कृतिको विकासमा लैजान चाहिने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।दमक जेसिसका अध्यक्ष कमल कटवालले शुभकामना मन्तव्य राख्दै जेसिस र रोटरी सङै सामाजिक कार्यमा अघि बढी समाजलाई परिवर्तनको बाटोमा लैजान हातेमालो गर्न अनुरोध गर्नु भएको थियो। यसरी नै गाउँमा लाइब्रेरी कार्यक्रम लाई रोट्याक्ट क्ल्ब अफ दमकले आफ्नो नियमित कार्यक्रम गरि यसलाई वर्ष भरी नै सन्चालन गरिने रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष सुदिप लिम्बू ले जानकारी दिनु भएको छ ।

बिबिन्न रोटरियन रोट्याक्टर तथा अन्य समाजिक राजनैतिक ब्यक्तित्वहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा स्थानीयहरुको वाक्लो उपस्थितिमा हाम्रो लाइब्रेरी नाम राखी आज बाट औपचारिक रुपमा उक्त लाइब्रेरी उद्घाटन गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय