केशवराज पौडेल/ काठमाडौं/ ‘अमेरिकाबाट नेपाल साँङ्लो आँउछ भने, तराईबाट गोमन सर्प काठमाडौं आउनु कुन नौलो बिषय हो र ? त्यसो त बस चढेर तराईका लामखुट्टे पहाड चढेका छन्’ पर्यावरणविद् तथा जीवशास्त्री डा.मु्केश चालिसे तराइका जीवजन्तु पहाड चढ्नु नियमित प्रक्रिया रहेको बताउनुहु्न्छ । २०६५ सालमा राष्ट्रपति कार्यालयमा उड्ने साँङ्लोले हैरानी बनाएपछि जीवविज्ञहरुबीच खैलाबैला मच्चियो । त्यसपछि साँङ्लो बिषयमा सोध अनुसन्धान परामर्श भए । डा.चालिसेका अनुसार त्यतीबेला राष्ट्रपति कार्यालयमा भेटिएको साँङ्लो अमेरिकाबाट एसियाहुँदै दक्षिण एशियाली देशहरूमा भित्रिएको रहेछ । त्यसपछि सो साँङ्लोको नामनै पेरिप्लानेटा अमेरिकाना रहेको पुष्टि भयो । नेपालमा पाइने रैथाने साँङ्लोभन्दा ठूलो र उड्न सक्ने क्षमता भएको पाइयो । डा.चालिसे भन्नुहुन्छ,‘यो साँङ्लोले विभिन्न खालका संक्रमण गराउँछ, त्यसैले यो नेपालमा पाइनेभन्दा घातक मानिन्छ ।’ पहाडी जिल्लामा सडक संञ्जाल पुगेसँगै तराइमा पाइने लामखुट्टे गाडी चढेर नेपालका पहाडी जिल्लामा पुगेको डा.चालिसे बताउनुहुन्छ । मध्यपहाडी क्षेत्रमा पाइने जनावर तराइ तथा तराइका क्षेत्रमा पाउने जनावर हिमाली क्षेत्रमा उक्लिनुको पछाडि जंगली करिडोरको विकास प्रमुख कारण रहेको हुनसक्ने वनस्पतीविज्ञ डा.तीर्थबहादुर श्रेष्ठ बताउनुहुन्छ । ‘ठूला जीवजन्तु बाह्रै महिना एक ठाउँबाट अर्काेमा स्थानान्तरण हुने भए पनि साना जीवजन्तु चाहीँ मौसम अनुकुल स्थायी बसाइ सर्ने गरेका छन्’ डा.श्रेष्ठ भन्नुहुन्छ । काठमाडौं उपत्यकाका थानकोट, साँगाभज्याङ, फर्पिङ र नार्गाजुन उष्ण क्षेत्र हुन् । सितोष्ण तराइमा पाउने सिमल उपत्यका आसपास पाउन थालिएपछि लामो समयदेखि लाङटाङ राष्ट्रिय निकुञ्जमा वनस्पति र जनावरहरुको अध्ययनमै क्रियाशील डा.चालिसेले त्यसको बारेमा खोजी सुरु गर्नुभएको छ । ‘काठमाडौं उपत्यकामा कसरी सिमलका रुख भित्रिए’ त्यसबारे अध्ययन हुन जरुरी छ डा.चालिसे भन्नुहुन्छ । ‘तराइबाट त्रिशुली उपत्यकाहुँदै खानीखोला नौबिसेबाट सरेर काठमाडौं उपत्यका आसपासमा सिमल आएको हुन सक्ने एउटा आधार हुन सक्छ’ डा.चालिसे बताउनुहुन्छ । त्यस्तै कसैले सिमलको बिउ कसैले बोकेर ल्याएर छरिएपछि सिमलको रुखहरु उपत्यका आसपास रहेको सुनाउनुहुन्छ । रैथाने धानको बिउ मासियो । कम पानीमा समेत फल्ने र राम्रो उत्पादन दिने सघन धान उत्पादन विधि नेपालमा भित्रियो । तराइमा पाउने जनावर पहाड र हिमालसम्म चढ्न थाल्नु भनेको जलवायु परिर्वतन तथा उनीहरूको बासस्थानको खोजीमा लागेको कारणले हुन सक्ने डिभिजनल वन कार्यालय काठमाडौंका डिभिजनल वन अधिकृत बद्री कार्कीले बताउनुभयो । ‘अब स्थानीय सरकार तथा समुदायले समेत यसबारे सोच्न आवश्यक भइसकेको छ’ उहाँले भन्नुभयो । तराइमा पाइने विभिन्न किसिमका जनावर हिमालमा समेत देखिन थालेपछि त्यसको व्यवस्थापनको बारेमा सोच्न आवश्यक भईसकेको कार्कीले सुनाउनुभयो । ‘तराइका चितवन आदि जिल्लामा पाइने गैंडामाथि आयो भने के गर्ने कोब्रामाथि गयो भने के त्यसको सचेतना अब ग्रामीण स्तरमै विकास गर्न आवश्यक रहेको छ’ उहाँले यस्तो तर्क गर्नहुुन्छ । मध्यपहाडी जिल्लाको महाभारत क्षेत्रको जङ्गलमा तराई जिल्लामा पाईने जङ्गली जनावर बढ्दो रुपमा देखा पर्न थालेको छ । केही वर्ष पहिलेसम्म तराईका जङ्गलमा मात्र पाईने बँदेल, दुम्सी, घोरल र हरिण जस्ता जनावर सर्दै आएको विज्ञको भनाई छ । ‘१० वर्ष पहिलेसम्म लेकमा बँदेल जाँदैनथ्यो, तराईमा मात्र पाईनथ्यो,’ महाभारत लेकको बेथान चोकका स्थानीय पद्म तिमल्सिनाले बताउनुभयो । ‘जलवायु परिर्वतनसँगै महाभारत जङ्गलमा समेत गर्मी बढ्दै गयो, त्योसँगै जनावर पनि तराईबाट क्रमशः सर्दै आएका छन् ’ काठमाडौका डिभिजनल वन अधिकृत कार्कीले सुनाउनुभयो । जनावर मात्र नभई तराईमा पाईने रुख बिरुवासमेत सर्दै आएको उहाँको बुझाई छ । ‘पहाडी भेगमा पाईने जनावर भनेको चितुवा र भालु हो’, उहाँले थप्नुभयो, ‘बाघ त पहाडी भेगमा सरेको छैन, घाँस खाने जनावर सर्दै आएका छन् ।’ महाभारत गाउँपालिका काभ्रेका अध्यक्ष कान्छालाल जिम्बा जङ्गल छेउका बस्तीहरुमा ठाउँका किसानलाई बँदेल र दुम्सीले दुःख दिएको बताउनुहुन्छ । उहाँका अनुसार पाँच÷सात वर्ष पहिलेसम्म गाउँमा बँदेल देख्न निकै मुस्किल पर्दथ्यो । ‘तीन÷चार वर्षदेखि बालीनाली नष्ट गरेर बँदेलले निकै दुःख दिने गरेको छ,’ उहाँले भन्नुभयो, ‘बँदेलकै दुःखले लेक (जङ्गल) छेउका किसान ठाउँ नै छाडेर हिडी सके । मान्छेले बँदेल लेखेट्ने होईन, उल्टै बँदेलले मान्छे लखेटेको अवस्था छ ।’ सामुदायिक वन उपभोक्ता महासंघका बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटाले सामुदायिक वनमा पाइने वनस्पतीमा समेत परिर्वतन हुन थालेको बताउनुहुन्छ । ‘हामीले जलवायु परिर्वतनको असरको रुपमा यसलाई लिएका छौ’ सापकोटाले भन्नुभयो–‘यसले हाम्रो सामुदायिक वनहरुमा समेत नौला प्राणी देखिन थालेकाले यस्ता जनावरहरुका फाइदा र बेफाइकाको बारेमा अनुशन्धानको बाटो बनाउन हामीले सरकारको ध्यानाकर्षण समेत गरेका छौ ।’ उहाँले थप्नुभयो–‘तराइमा पाइने जनावर पहाडमा देखिन थाल्नु खतराको घन्टी भएकाले त्यसको पूर्व तयारीमा जुटन् निक्कै आवश्यक रहेको छ ।’ ‘एकसिंगे दुर्लभ गैडाजस्तै मध्यपहाडमा पाइने पहँरे बाँदर तराइमा देखिन थालेको छ’ डा.चालिसे भन्नुहुन्छ,‘यसबारे सम्बन्धित निकायले थप अध्ययन अनुसन्धान गर्न आवश्यक छ ।’ गोर्खा पत्र अनलाइन बाट
जहाजमा साँङ्ला आए, गाडी चढेर लामखुट्टे पहाड उक्ले
सवाल नेपालसंवाददातासोमबार, १९ माघ २०७६

जहाजमा साँङ्ला आए, गाडी चढेर लामखुट्टे पहाड उक्ले
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



