चीनमा १० दिनमा बनाइएको एक हजार शय्याको अस्पतालमा सोमवारदेखि रोगीहरूलाई जाँच्न थालिएको छ । हुओशेनशान अस्पताल र १५ सय शय्या भएको अर्को अस्पताल यसै हप्ता शुरू हुने गरी काम थालिएको थियो । वुहान शहरमा यो अस्पताल बनाउन निर्माण कामदारहरूले चौबीसै घन्टा काम गरेका थिए ।

वुहानमा द्रुत गतिमा अस्पताल यसरी बनाइएको दोस्रोपटक हो । सन् २००३ मा सार्सको महामारी फैलिँदा पनि चिनियाँहरूले रातारात विशेष अस्पतालहरू बनाएका थिए । त्यतिखेर बेइजिङमा सार्सको उपचारका लागि एक हप्तामा अस्पताल बनाइएको थियो ।

हुओशेनशान अस्पतालमा सोमवार बिहान १० बजे पहिलो जत्थाका रोगीहरू आइपुगेका थिए । तर समाचारहरूमा रोगीहरूको पहिचान र रोगको अवस्था खुलाइएको छैन ।

सत्तारूढ कम्युनिस्ट पार्टीको सैन्य शाखा जनमुक्ति सेनाले १४ सयजना चिकित्सक, नर्स र अन्य कर्मचारी वुहान अस्पतालमा पठाएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । तिनीहरूमध्ये कतिपयलाई सार्स तथा अन्य महामारीविरुद्ध लडेको अनुभव रहेको सरकारले यसअघि जनाएको थियो ।

हुओशेनशान अस्पताललाई ७ हजारजना काठको मिस्त्री, प्लम्बर, बिजुली मिस्त्री र अन्य विशेषज्ञहरूले मिलेर बनाएको सिन्ह्वाले लेख्यो ।

दुई तल्ले भवनको लगभग आधा तल्लामा आइसोलेसन वार्डहरू बनाइएको सरकारी पत्रिका याङ्जे डेलीले लेखेको छ । अस्पतालमा ३० वटा आईसीयू छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah