एजेन्सी– चीनको वुहानमा एक नवजात शिशुमा जन्मेको ३० घण्टामै कोरोना भाइरसको संक्रमण भेटिएकाे छ।

आमाको गर्भमै या जन्मिएपछि शिशुमा कोरोनाको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त नवजात शिशु जन्मिनुअघि आमामा कोरोनाको संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

कोरोनाकाे संक्रमणबाट चीनमा ४ सय ९० जनाको ज्यान गइसकेकाे छ। चीन बाहिर समेत २ जनाले ज्यान गुमाएका छन्।