टेलिभिजनका निकै चर्चित कार्यक्रम प्रस्तोताले आफू समलिङ्गी भएको घोषणा गरेका छन् । हिम्मत बटुलेर आफ्नो यौन अभिविन्यासबारे जानकारी दिएकोमा उनको सर्वत्र तारिफ भइरहेको छ ।

५७ वर्षका बेलायती टेलिभिजन कार्यक्रम प्रस्तोता फिलिप स्कोफिल्ड विगत २७ वर्षदेखि विवाहित छन् । उनका दुई छोरी पनि छन् ।

दिस मर्निङ टिभी शोका प्रस्तोताले आफ्नो इन्स्टाग्राम पोष्टमार्फत् आफूबारे जानकारी दिएका थिए । इन्स्टाग्राममा फिलिपका ३० लाख बढी फलोअर्स छन् । आफ्नो यौनिकताको विषयमा उनले के–कस्ता समस्याबाट गुज्रनु पर्‍यो, यसबारे उनले टिभी शोमा पनि कुरा गरेका छन् । उनले भने, ‘यौनिकताको विषयमा यति संघर्ष गर्नुपर्‍यो कि मैले आत्महत्या गर्नेबारे पनि सोचेको थिएँ ।’

फिलिपले भने, ‘२७ वर्ष अघि विवाह गर्नेबेलामा पनि मलाई आफू समलिङ्गी भएको थाहा थियो तर मैले आफ्नो भावना दबाएँ ।’

फिलिपले सार्वजनिक रुपमा यौनिकताबारे खुलासा गरेपछि श्रीमती स्टेफनी लोवले यो उनको समग्र वैवाहिक जीवनको सबैभन्दा पीडादायी र भावुक पल भएको बताइन् ।

इन्स्टाग्राम पोष्टमा फिलिपमा लेखेका थिए, ‘बाहिरबाट हेर्दा कसैको जीवन उत्कृष्ट देखिएला तर उनीहरु के कुरामा संघर्ष गरिरहेका छन् भन्नेबारे तपाईंलाई थाहा हुँदैन । त्यसकारण तपाईंलाई यो पनि थाहा छैन कि पछिल्लो केही वर्षमा मलाई के कुराले भित्रभित्रै खाइरहेको छ ।’

फिलिपले थपे, ‘श्रीमती र छोरीको सहयोगमा म सार्वजनिक रुपमा भनिरहेको छु कि म समलिङ्गी हुँ । यसैका कारण मेरो घरमा थुप्रै पटक मन तोड्ने बहस भए । मलाई मेरो परिवारले आफ्नो नजिक राखेका छन् । उनीहरु अलमल्लमा छन् तर मलाई खुसी राख्ने कोसिस गरिरहेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah