केरा धेरै फाइदाजनक खानेकुरा हो । पोटासियम, भिटामिन बी-६, भिटामिन सी, म्गाग्नेसियम, कपर, फाइबर र कार्ब्सले भरिपूर्ण हुन्छ केरा । यो स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । केराले पाचन प्रणालीका लागि महत्वपूर्ण हुन्छ । मुटुलाई स्वस्थ राख्नका लागि पनि केराले महत्वपूर्ण भूमिका खेल्छ । अनीमियालाई टाढा राख्न र रक्तचापलाई नियन्त्रण गर्न पनि केरा सेवन लाभदायी हुन्छ ।

यी सारा फाइदा थाहा भएपछि केरा खान हामीलाई मन लाग्ने भइहाल्यो । तर, धेरैजसो मानिसको मनमा प्रश्न खेलिरहेको हुन्छ कि केरा कतिबेला खाने ? राति केरा खान हुन्छ कि हुन्न ? सुत्नुअघि केरा खानुहुन्छ कि हुन्न ? यदि तपाईंको मनमा पनि यस्ता जिज्ञासा छन् भने यहाँ यसबारे केही चर्चा गर्ने प्रयास गरिएको छ ।

आयुर्वेद विज्ञानले के भन्छ ?
आयुर्वेद विज्ञानका अनुसार रातको समय केरा खानु फाइदाजनक नै हुन्छ । तर, तपाईंलाई चिसोको समस्या छ, खोकी छ, अस्थमा र साइनसजस्ता समस्या छ भने राति केरा खानु हुँदैन । किनभने सुत्नुअगाडि केरा खाँदा म्यूकस बन्ने खतरा हुन्छ जसले चिसो र खोकीलाई बढाउन सक्छ ।

साथै, केरा पचाउन केही समय लाग्छ । दिउँसो काम काज र अन्य क्रियाशिलताका कारण केरा पचाउन सजिलो हुन्छ । यसर्थ, राति केरा खाँदा तौल बढ्ने समस्या पनि हुनसक्छ ।

एसिडिटी र शरीर पोल्ने समस्याको समाधान
यदि तपाईंले रातको समयमा अत्यधिक खानु भएको छ जुन मसलेदार पनि छ भने वा मसलेदार अन्य खानाहरु खानुभएको छ भने यसबाट शरीरमा एसिडिटी बढ्ने र शरीरमा जलन बढ्ने समस्या देखिन सक्छ । यस्तो अवस्थामा यदि तपाईंले सुत्नुअघि एउटा केरा खाएर सुत्नुभयो भने यी समस्या न्यूनीकरण हुन्छ । केराले पेटमा रहेको अम्ललाई निष्क्रिय बनाउन भूमिका खेल्छ ।

राम्रो निद्राको लागि केरा
यदि तपाईं दिउँसो थकानपूर्ण काममा खटिनुभएको छ र शरीरमा दुःखाई छ भने तपाईंलाई राति निद्रा लाग्न गाह्रो हुनसक्छ । यस्तो अवस्थामा पनि तपाईंले केरा खानु लाभदायक हुन्छ । केरामा हुने पोटासियमको अत्यधिक मात्राको कारण मांशापेशीलाई आनन्द दिलाउँछ, जसले तपाईंलाई मिठो निन्द्रा दिन्छ ।
सुत्नुभन्दा केही समय अगाडी १ देखि २ वटासम्म केरा खानु यसर्थ निद्राका लागि लाभदायी हुन्छ । एउटा ठूलो केरामा ४८७ मिलिग्रामसम्म पोटासियम हुन्छ जुन हाम्रो शरीरलाई आवश्यक पर्ने कुल मात्राको १० प्रतिशत भाग हो ।

मीठो खाना खाने तीव्र इच्छा रोक्छ
कहिलेकाँही मिठो मिठो खान मन जसलाई पनि लागिहाल्छ । खाना खाएपछि पनि के खाउँ के खाउँ जस्तो लाग्न सक्छ । यस्तो बेला गज्जबको विकल्प बन्न सक्छ केरा । यस्तो बेला क्यालोरी र सुगरले भरिपूर्ण भएको मिठाई वा डजर्टभन्दा उपयोगी केरा हुनसक्छ । केरा स्वस्थ विकल्प हो । मिठो पनि हुन्छ र र स्विट क्रेविंग्सबाट पनि शान्ति मिल्छ ।

रक्तचाप रोक्छ
यदि तपाईंलाई उच्च रक्तचापसम्बन्धी समस्या छ भने तपाईंले खानामा पोटासियमको मात्रा बढाउनुपर्छ जसले रक्तचापको मात्रालाई बढाउन सहयोग पुर्‍याउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय