विगत ४ बर्षदेखि स्वदेश तथा विदेशमा सामाजिक संजाल मार्फत संगठित भइ विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको एफ एफ एल फाउन्डेसनले झापाको इटाभट्टा स्थित आदर्श माविमा एक दिने आत्म बिकास कार्यक्रम (self development program ) सन्चालन गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समय व्यवस्थापन तथा लक्ष निर्धारण सहि तरिकाले गर्नसके जीवनमा सफलता हासिल गर्नसकिन्छ भन्ने मुल शिक्षा दिने उक्त कार्यक्रममा विकल्प फाउन्डेसनका निर्देशक तथा गरिखान देउ लगायत विभिन्न सामाजिक अभियानका अभियन्ता वसन्त अधिकारीले प्रमुख वक्ताको रुपमा १२५ भन्दा बढी विद्यार्थी हरुलाइ उत्प्रेरणात्मक तालिम दिएका थिए।

कार्यक्रमको सन्चालन एफ एफ एल का सदस्य सुवास सुवेदीले गरेका थिए भने अध्यक्षता एफ एफ एल कि एड्मिन कस्मिरा राइले गरेकि थिइन।