दुई बच्चाको हत्या गरेर एक दम्पत्तिले आत्महत्या गरेका छन्। भारतको वाराणसी, आदिमपुरस्थित मुकिमगञ्जमा बस्ने चेतन तुलस्यान र उनकी पत्नी ऋतुले आफ्ना दुबै सन्तानको हत्या गरेर आत्महत्या गरेको एसएसपी प्रभाकर चौधरीले जानकारी दिए।

उनका अनुसार घरको एउटा कोठामा दुई बच्चाको शव भेटिए भने अर्को कोठामा दम्पत्ति झुन्डिरहेको अवस्थामा भेटिएको थियो। गरिबीका कारण आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार चेतन डिप्रेसनका सिकार पनि थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चेतन पंखा बनाउने काम गर्थे। आत्महत्या गर्नुअघि चेतनले हेल्पलाइनमा सूचनासमेत दिएको बताइएको छ। चेतनको घरमा प्रहरी पुग्दा भने उनीहरु मृतावस्थामा भेटिएका थिए।

प्रहरीका अनुसार दम्पत्तिले बच्चाको खानेकुरामा निदको औषधि मिसाएका थिए। पछि दुबैको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।