काठमाडौं । हाइटीको एक बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकैको बालगृहमा आगलागीका कारण १५ बालबालिकाको मृत्यु भएको अधिकारीले जनाएका हुन् ।

मृत्यु हुनेमा दुई जना पूर्णरुपमा जलेका र अन्य १३ जना श्वासप्रश्वार अवरुद्धका कारण मृत्यु भएका बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अगलागीमा परी अन्य धेरै बालबालिका घाइते भएका छन् । घाइते बालबालिकाहरुको उपचार भइरहेको जनाइएको छ । बालगृहमा जम्म ६६ बालबालिकाहरु बस्दै आएका थिए ।