भारतको बटालाका विक्की नामका एक व्यक्तिको ६ महिना अघि धुमधामले विवाह भएको थियो । विवाहको एक महिनापछि नै उनलाई कुकुरले टोक्यो । उपचार पनि गराइएको तर कुनै फाइदा नभएको बताइन्छ ।

भारतीय मिडियामा प्रकाशितसमाचार अनुसार जब उनलाई कुनै उपचारले छोएन तब वरिपरिका मानिसहरुका लागि खतरा देखेर परिवारले बाध्यतामा आएर करिब चार महिना अघि उनलाई घरकै बेडमा बाँधेर राखे । कुकुरले टोकेको करिब पाँच महिनापछि विक्कीको आइतबार बिहानै मृत्यु भएको छ ।

कुकुरले दिमागको जति नजिक टोक्यो, त्यति छिटो फैलन्छ रेबिजः

पशु चिकित्सक मनबीर सिंहले रेबिज रोगले गलाको मांसपेशी खराब बनाउने जानकारी दिए । जसका कारण बिरामीलाई खानपिनमा समस्या हुन्छ । कुकुरले मानिसको दिमागको जति नजिक टोक्छ, त्यति नै चाँडो मृत्यु हुने उनले बताए ।

परिवारले भने, ‘पशु प्रेमका कारण भयो विक्कीको मृत्यु’

स्रोतका अनुसार कुकुरले विक्कीलाई टोक्ने बित्तिकै उनको उपचार गरिएको थिएन । तर केही दिन पछि कुकुरको मृत्यु भयो, त्यसपछि विक्कीको स्वास्थ्य पनि बिग्रदैं गयो । विक्कीलाई थुप्रै अस्पतालमा उपचार गराइयो तर कुनै सुधार देखिएन । विक्कीलाई रेबिज लागिसकेको थियो त्यसकारण उनले आफ्नै परिवारलाई पनि टोक्न सुरु गरिसकेका थिए । विक्कीका आफन्त सुरजारामले भने, ‘विक्कीलाई जनावरसँग निकै प्रेम थियो, उनले उक्त कुकुर घरमै पालेका थिए । आफैंले पालेको कुकुरले टोक्दा उनको मृत्यु भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah