भारतको एक कलेजमा महिनावारी भए/नभएको जाँच्न ६८ जना छात्रालाई कपडा फुकाल्न लगाउने प्रधानाध्यापकसहित चार जना पक्राउ परेका छन्।

गत साता गुजरातको भुजस्थित श्री सहजनन्द गर्ल्स इन्स्टिच्युटका प्रधानाध्यापकले होस्टेलमा बस्ने छात्राले धार्मिक मान्यताको उल्लंघन गरेको भन्दै कपडा फुकाल्न लगाएकी थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार प्रधानाध्यापकसहित अन्य चार जनालाई कच प्रहरी कार्यालयको विषेश अनुसन्धान टोलीले पक्राउ गरेको हो।

प्रधानाध्यापक रिता रनिगा, संयोजक अनिता चौहान, होस्टल निरीक्षक रमिला हिरानी र पिउन नेना गोरासिया पक्राउ परेका हुन्। उनीहरूलाई अदालतले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ।

उक्त कलेजको होस्टेल व्यवस्थापनले प्रधानाध्यापक रिता रानिगालाई महिनावारी भएका छात्राहरूले धार्मिक मान्यता नमानी मन्दिर र भान्सा कोठा जाने गरेको भन्दै पटक/पटक गुनासो गरेको थियो।

गुनासोपछि प्रधानाध्यापकले ६८ छात्रालाई शौचालयमा लगेर महिनावारी भए/नभएको जाँच्न जबरजस्ती कपडा फुकाल्न लगाइएको बताइएको छ।