काठमाडौंः चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ सय ६८ पुगेको छ। त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगकाअनुसार सोमबार देशभर ९८ जनाको मृत्यु भएको छ। जसमा ९३ जना हुबेई प्रान्तका मात्रै रहेका छन्।

देशभर १८ सय ८६ जना नयाँ संक्रमित भेटिएको आयोगका अधिकारीहरुले जनाएका छन्। यो सँगै देशभर संक्रमितको संख्या ७२ हजार ४ सय ३६ पुगेको छ। चिनियाँ समाचार एजेन्सीहरुकाअनुसार त्यहाँका झण्डै ३ हजार स्वास्थ्यकर्मीमा कोभिड–नाइन्टिनको संक्रमण भेटिएको छ। संक्रमित हुने स्वास्थ्यकर्मीहरु हुबेईको वुहान शहरका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले गत २ फागुनमा सार्वजनिक गरेको एउटा तथ्यांकमा १७ सय १६ स्वास्थ्यकर्मी कोभिड नाइन्टिनबाट संक्रमित भएको जनाइएको थियो।

अधिकारीहरुका अनुसार संक्रमणबाट मृत्यु हुनेमा पनि केही संख्यामा स्वास्थ्यकर्मीहरु छन्। मृत्यु हुने स्वास्थ्यकर्मीको वास्तविक तथ्यांक भने सार्वजनिक गरिएको छैन।