दमक / दमक स्थित ग्लोबल एजुकेसनल एकेडेमीले विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागी ध्यान कार्यसला सम्पन्न गरेकोे छ । ग्लोबलले आयोजना गरेकोे सो कार्यक्रम २दिन सम्म चलेको थियो,। गएको शुक्रबार र शनिबार २दिन चलेको उक्त कार्यक्रममा ग्लोबल एजुकेसनल एकेडेमीका कक्षा ७ देखी १२ सम्मका विद्यार्थीहरूले भाग लिएका थिए । ओशोधारा संघका आचार्य जिवन श्री र आचार्य निशा श्री ले प्रवचन दिएको सो कर्यशालामा विद्यार्थीहरुको क्षमता कसरीअभिबृद्धी गर्ने भन्ने बिषयमा भिबिन्न कोणबाट छलफल तथा प्रशिक्षित गरिएको विद्यालयका प्रिन्सिपल गुणराज आधिकारिले जानकारी दिए ।

सो कार्यक्रममा विद्यार्थीहरुलाई कसरी तनाव मुक्त रहने, मेमोरी पावर कसरी बढाउने ,कसरी एकाग्र भएर पढाईमा केन्द्रित हुने भन्ने बारेमा बृहत अन्तरक्रिया तथा प्रशिक्षित गरिएको विद्यालयले जनएको छ ।दुइ दिनसम्म चलेको यो कार्यक्रम विद्यार्थी तथा शीक्षकहरूका लागी ज्यादै नै उपयोगी भएकोे ग्लोबल एजुकेसन एकेडेमीका सन्चालक डा. निर्मल कटवालले बताए । उक्त कार्यक्रममा विद्यार्थी र शिक्षक र अभिभाकहरु समेतको सहभगीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर