आजको समयमा मान्छेहरूले आफ्नै परिवारका मृत सदस्यहरू भुल्ने गर्छन् । तर भारतको विहारमा भने एकजना व्यक्तिले आफ्नो पाल्तु कुकुरको मृत्युपछि आत्माको शान्तिका लागि पिण्डदान गरेका छन् ।

उनले मृत कुकुरको अस्थीलाई पनि गङ्गा नदीमा विसर्जन गरेको भारतीय समाचार एजेन्सी आइएएनएसले जनाएको छ । अझ न्युजिल्याण्डमा मरेको पाल्तु कुकुरलाई भारत ल्याएर सदगद गर्नु चाहिँ आजकलको जमानामा अचम्मैको कुरा हो ।

विहारको पूर्णिया, मधुवनी घर भएका प्रमोद चौहानको पशु प्रेमका बारेमा आजकल स्थानीयहरूले चर्चा गर्न शुरू गरेका छन् । प्रमोद धेरै लामो समयदेखि न्युजिल्याण्ड बस्ने गर्थे । उनले त्यहाँ बस्दा पालेर राखेको लाइकन नामको कुकुरको कुनै कारणले मृत्यु भयो ।

आफ्नै परिवारको सदस्य जस्तै पालेर राखेको कुकुरको मृत्यु भएपछि प्रमोद यत्तिकै बस्न सकेनन् ।
हिन्दू रीतिथितिका साथ आफ्नै परिवारको सदस्यजस्तै मानेर लाइकन कुकुरको सदगद गरे । त्यसपछि त्यस कुकुरको अस्थी लिएर उनी भारत आए र गङ्गामा बगाए ।

यति मात्र नभएर प्रमोद मोक्षस्थलीमा गएर लाइकनको मोक्षका लागि पिण्डदान पश्चात श्राद्धसमेत गरे । उनले अर्को महिना पनि मृत कुकुरको श्राद्ध गर्ने योजनामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय