एजेन्सी : अमेरिकी पप गायक पप स्मोकको गोली हानी हत्या भएको छ । उनको गत बुधबार भाडाको घरमा बसिरहेको अवस्थामा गोली हानी हत्या भएको हो ।

लस एन्जल्स प्रहरी विभागले उनको हत्याको कारण पत्ता नलागेपनि उनको नकावधारीहरुले हत्या गरेको खुलेको जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रिपोर्टका अनुसार अपराह्न ४ः३० बजे घटना भएको सिसि क्यामेरा फुटेजमा देखिएको छ । गोली लागेका पोपको अस्पताल लैजादैँ गर्दा मृत्यु भएको हो ।

उनको यही फेब्रअरी १२ मा नयाँ पप एल्बम ‘मिट दि वो २’ रिलीज भएको थियो ।