सोमवारदेखि भारतको भ्रमणमा आउन लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दी भाषामा सन्देश लेखेका छन ।
सोमवार उनी भारत भ्रमणमा आउँदैछन । ‘हम भारत आने कि लिए तत्पर हैं, हम रास्ते मे हैं, कुछ ही घंटोमे हम सबसे मिलेंगे’ ट्रम्पले ट्वीट गरेका छन् ।
मोदीको ट्वीटलाई रिट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन् –‘अतिथि देवो भव’ ।
पछिल्ला वर्षमा शक्ति राष्ट्रका प्रमुखहरुले भ्रमण गर्ने देशको भाषामा ट्वीट गर्ने गरेका छन् ।




