अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नी पत्नी मेलानिया र छोरी इभान्का अनि ज्वाईं ज्यारेड कुशनरसँग भारत आइपुगेका छन् ।

ट्रम्प र मेलानिया महात्मा गान्धीको साबरमती आश्रम पुगेका छन् । त्यहाँ उनले गान्धीजीको चर्खा पनि चलाए । त्यसक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।

साबरमती आश्रमको अतिथि पुस्तकमा ट्रम्पले आफ्नो सन्देश दिए ।

विमानस्थलबाट शहरतिर आउँदै गर्दा सडकका दुवै किनारमा भारी संख्यामा मानिसहरूले ट्रम्पको स्वागत गरे । ट्रम्पले पनि हात हल्लाएर मानिसहरूलाई अभिवादन फर्काए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय