नयाँदिल्ली । विगत १५ वर्षदेखि भारतीय प्रहरीको खोजीको सूचीमा रहेका ग्याङस्टर (गुन्डाका नाइके) रवि पुजारी दक्षिण अफ्रिकाबाट पक्राउ परेका छन् । ५२ वर्षीय पुजारीलाई भारतीय अधिकारीको एक टिमले भारत ल्याइरहेको छ । उक्त टिममा कर्नाटकका एक वरिष्ठ आईपीएस अधिकारी पनि सहभागी छन् । प्रहरीका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले पक्राउ परेका पुजारीलाई सेनेगलबाट फ्रान्स भएर भारत ल्याउन लागिएको समाचार भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन् ।
पुजारी विदेशबाट आप्mनो धन्दा सञ्चालन गर्दै आएका थिए । अन्डरवर्ल्ड डन छोटा सकिलसँग अलग भएपछि उनी गत वर्ष सेनेगलमा जमानतमा रिहा भएसँगै दक्षिण अफ्रिका भागेका थिए । उनी त्यहाँ ड्रग तस्करी र असुलीमा संलग्न थिए ।भारतीय विदेशी गुप्तचर एजेन्सीको सूचनाका आधारमा सेनेगल प्रहरी गत साता दक्षिण अफ्रिका पुगेको थियो । हत्या, असुलीसमेत झन्डै दुई सयवटा जघन्य घटनामा मुछिएका पुजारीलाई दक्षिण अफ्रिकी एजेन्सीहरूको सहायतामा हिरासतमा लिइएको हो । बार्हखरी बाट साभारगुन्डा नाइके रवि पुजारी दक्षिण अफ्रिकाबाट पक्रा उ
एजेन्सी संवाददातासोमबार, ११ फागुन २०७६

गुन्डा नाइके रवि पुजारी दक्षिण अफ्रिकाबाट पक्रा उ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



