एजेन्सी । कोरोना भाइरसले संसारभर आतंक सृजना गरेको छ । नेपाल जस्ता कतिपय अविकसित र परनिर्भर राष्ट्रहरुमा हाहाकारको स्थिति पैदा भएको छ । अहिलेसम्म ३५ सय भन्दा बढिको ज्यान लिने यो भाइरसको डरले मानिसहरु के गर्ने के नगर्ने स्थितिमा पुगेका छन् । चिकित्सकहरुले यो रोगबाट बच्न सरसफाइका अतिरिक्त अन्य उपायहरु प्नि सुझाएका छन् । मानिसहरुलाई सरसफाइमा ध्यान दिँदै यस रोगबाट बच्न मानिसहरु हेन्डवास र ट्वाइलेट पेपर धेरै भन्दा धेरै किनिरहेका छन् ।

राजधानी काठमाडौंमा पनि खाद्यान्न र इन्धनका लागि मानिसहरु बढिभन्दा बढि खरिद गरेर आफ्ना घरहरुमा थुपारिरहेका समचार आइरहेका छन् । त्यसैगरी बजारमा सेनिटाइजर, हेन्डवास र मास्क लगायतका स्वास्थ्य सामाग्रीहरुको अभाव खट्को छ भने ठाउँ ठाउँमा कालोबजारी भएको छ । यसैबीच सोसल मिडियामा एक भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा ट्वाइलेट पेपरका लागि महिलाहरु मारामार गरिरहेका छन् ।

विकिसत भनिएकाे राष्ट्र अष्ट्रेलियाको सिड्नीको यो भिडियोले त्याहाँकाे आतंकको बयान गर्दछ । स्मरणीय छ, अष्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसको कारण ७० भन्दा बढि मानिसको मृत्यु भईसकेको छ । पुरै देशमा कोरोनाको कारण आतंकको माहौल सिर्जना भएको छ । यसै कारण ट्वाइलेट पेपर यहाँ बढि मात्रामा खरिद भइरहेको छ । देशमा ट्वाइलेट पेपरको कमि भएपछि यससँगै यो भिडियो भाइरल भएको हो । यस भिडियोमा महिलाहरु एकअर्काप्रति लड्ने र चिच्याउने गरेको देखाइएको छ । यतिमात्र होइन उनीहरु एकअर्काको कपाल लुछ्दै लडिरहेका देखिन्छन् ।

भिडियोमा एक महिला ट्वाइलेट पेपरले भरिएको ट्रली लिएर उभिएकी छन् र अर्की महिला केही प्याकेट ट्वाइलेट पेपर माग्दछिन् तर ट्रली भरी ट्वाइलेट पेपर लिएर बसेकी महिला अर्की महिलालाई ट्वाइलेट पेपर दिन्नन् र झगडा सुरु हुन्छ ।

https://twitter.com/KTHopkins/status/1236233844828901376

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय