मोरङ । नेपाल महिला संघ कानेपोखरीले पछिल्लो समय सामाजिक कामलाइ निरन्तरता दिएको छ । नेपाल महिला संघ कानेपोखरीले आयोजना गरेको देउसीभैलो कार्यक्रम २०७६ बाट संकलित रकम मध्येबाट कानेपोखरीका असक्त तथा असहायलाई सहयोग दिने कार्यक्रम अन्तर्गत पाँचौ चरणको सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कानेपोखरी गा.पा. वडा नं ३, सलबले चोककी रतन्धि बर्ष ७२ कि कमला बि.क. तथा कानेपोखरी ४ की एलिगिनी धीमाल सहरा बिहिन लाई सहयोग गरिएको हो । दुवै घर परिवारलाई चामल १ बोरा, दाल २ केजी, नुन २ केजी, तेल २, बिस्कुट १ पोका सहयोग गरिएको देउसी भैलोकी संयोजक कमला योञ्जनले जानकारी गराउनु भयो । सचिव कोपिला कार्कीले आगामि महिनामा सहयोग गर्नुपर्ने परिवारको लागत संकलन गर्ने र सहयोग गर्ने जानकारी दिनुभयो । सहयोग बितरण कार्यक्रमा स्थानियको उल्खनियको उपस्थित थियो । कानेपोखरी गा.पा. सभापति योगेन्द्र दाहाल, जिल्ला स. केदार थापा, कृतिमान माधेन, टंकेश्वरी याख्खा, मिना चाैधरी गणेश थापा, नगेन्द्र भट्टराई नाति, गोपाल खड्का, महेस चौधरी, श्याम चैाधरी, केशब खड्का, रबिलाल राजवंसि, उत्तम कोईराला, मनु गुरुङ, असोक शाह, कृष्ण घिमिरे, प्रदीप दाहाल, ४ नं वडा संयोजक भरत राई, सह संयोजक रमन कार्कि, जन्तलाल धिमाल, अमृत लिम्बू, राजकुमार धिमाल, सुरेस बराल, शंकर तामाङ, लगायतको उल्लेखनिय उपस्थित थियो ।
समितीमाका सम्योजक कमला योन्जन, कृष्णमाया बिष्ट ‘कोपीला’ सचिव, डिल्लीमाया बस्नेत कोषाध्यक्ष, सदस्यहरुमा टंकेश्वरी याख्खा, राधा पाठक, शोभा रिजाल, पम्फा धिमाल, चन्दीदेवी धिमाल, रुपा भट्टराई, जानुका खरेल हुनु हुन्छ । उहाँ हरुको समितिले अहोरात्र लागि परेर सहयोग गर्नु भएको कुरा कानेपोखरी नेका गा. पा. सभापती योगेन्द्र दाहाल बताउनु हुन्छ ।










