पाकिस्तानको एक सैन्य विमान नियमित तालिमका क्रममा इस्लामाबादमा दुर्घटनाग्रस्त भएको छ । प्रहरी र उद्धारकर्मीहरूले दुर्घटनास्थलमा घेराबन्दी गरेका छन् ।

दुर्घटना बुधवार बिहान भएको हो । पाकिस्तान वायुसेनाले एक बयान जारी गरेर एफ–१६ विमान शाकारपारियानमा अभ्यासका क्रममा दुर्घटनामा परेको जनायो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://twitter.com/ChKashifIkram1/status/1237623208569982976

दुर्घटनाको भनिएको एक भिडियोमा फाइटर जेट भुइँमा ठोकिनुअघि कावा खाएको देखिन्छ ।

https://twitter.com/UrduNewsCom/status/1237626684037378048

प्रत्यक्षदर्शीहरूले विमानबाट पाइलट निस्केको नदेखेको बताए । तर दुर्घटना हुनुअघि पाइलट विमानबाट सुरक्षित रूपमा निस्केको पाकिस्तानी वायुसेनाले जनायो ।