काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भारतले सबै देशको भिसा रद्द गरेको छ ।
अप्रिल १५ सम्मका लागि सबै देशको भिसा रद्द गरेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
संक्रमण लिएर यात्रा प्रतिबन्ध लगाउने देशको सूचीमा भारत पनि परेको छ । भारत सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि उपयुक्त विधिको प्रयोग गरिएको बताएका छन् । भारतमा कोरोनाबाट ६० जना संक्रमित भएका छन् ।
बुधबार रातिदेखि लागू गर्ने भनिएको यस नयाँ नीति अन्तर्गत कूटनीतिक, आधिकारिक रोजगार र ‘प्रोजेक्ट भिसा’ लाई भने हालको प्रतिबन्धबाट छुट दिइने बताइएको छ ।
यसअघि दक्षिण स्टेट कर्नाटकका अधिकारीहरुले नयाँ कोरोनाको लक्षण देखा परेमा उपचारबाट नभाग्न र क्वारेन्टाइनको नियम पूर्ण पालन गर्न सबै समक्ष आग्रह गरेको हो ।



