नयाँदिल्ली : दिल्लीको एउटा रेष्टुरेण्टले आदिवासी पहिरन पहिरिएकी महिलालाई छिर्न दिएको छैन ।

दिल्ली मलले संगीता के नागलाई पहिरनकै कारण भित्र छिर्न नदिएको हो । तर सामाजिक सञ्जालमा कर्मचारीको यस्तो हर्कतको विरोध भएपछि रेष्टुरेण्ट व्यवस्थापनले माफी मागेको छ । संगीता गुरुग्रामस्थित एक स्कुलकी प्रिन्सिपल हुन् । जसले उक्त रेष्टुरेण्टका स्टाफले उनलाई भित्र छिर्न नदिएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

उक्त भिडिओ सार्वजनिक भएको केही बेरमै भाइरल बनेको थियो । गत मार्च १० गते सार्वजनिक भएको भिडिओ करोडौं दर्शकले हेरिसकेका छन् । भारतीय पहिरन लगाउनेलाई नै छिर्न नदिने बरु गैरभारतीय पहिरन लगाउनेलाई छिर्न दिने रेष्टुरेण्टको नीति विभेद्कारी भन्दै उक्त रेष्टुरेण्ट व्यवस्थापनको चर्को आलोचना समेत भएको थियो ।

तर रेष्टुरेण्टका निर्देशक सउरभ खनिजोले आफ्ना स्टाफको गतिविधिप्रति माफी माग्दै आफूले भारतीय पहिरनलाई सम्मान गर्ने र सोही पक्षमा रहेको प्रतिक्रिया दिएका थिए । यस घटनालाई लिएर प्रतिपक्षी दल कंग्रेसकी प्रवक्ता शर्मिस्था मुखर्जीले समेत रेष्टुरेण्टको आलोचना गरेकी थिइन् । साथै उक्त रेष्टुरेण्टको लाइसेन्स खारेज गर्न समेत दिल्ली सरकारलाई उनले आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah