एजेन्सी, २८ बैशाख । दुई महिनाकी नाबालिकाले अस्ट्रेलियामा इतिहास रचेकी छन् । आलिया जोए नाम गरेकी ति बालिका संसद चलिरहेका बेला स्तनपान गर्ने पहिलो बालिका बनेकी हुन् ।

हालैमात्र क्विन्सल्यान्ड सिनेटर लारिसा वाटर्सले यी बच्चीलाई जन्म दिएकी थिइन् । वाटर्स अस्ट्रेलियाको ग्रिन पार्टीकी सहउपाध्यक्ष हुन् । मंगलबार उनी संसदमा सुत्केरी विदापछि उपस्थित भएकी थिइन् ।

संसदमा कारबाहीका क्रममा आलिया भोकाएपछि वाटर्सले उनलाई स्तनपान गराएकी थिइन् । यसलाई लिएर वाटर्सले ट्विट गरेकी छन्, ‘मलाई यस कुराको गर्व छ कि मेरी छोरी आलिया संघीय संसदमा स्तनपान गर्ने पहिलो बच्ची बनेकी छन् । हाम्रो संसदमा अरु महिलाको आवश्यकता छ ।’

अस्ट्रेलिया संसदले गत वर्ष महिला सांसदलाई चेम्बरमा नै स्तनपान गराउने अनुमति दिएको थियो । यसअघि चेम्बरमा बच्चा लिएर जान रोक थियो । यो नियमलाई बदल्नका लागि वाटर्सले समेत महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

उनले नोभेम्बरमा भनेकी थिइन्, ‘यदि हामी संसदमा अरु महिला चाहन्छौं भने हामीले नियममा उदार बन्नु पर्दछ ।

जसले हालै बच्चा जन्माएका आमा र बाबु, संसद र बच्चाप्रति आफ्नो भूमिका निर्वाह गर्नमा सन्तुलन ल्याउन सकुन्।’ आजको राजधानी दैनिकले खबर छापेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah