काठमाडौँ- भारतका १ खर्ब ३० लाख मानिस मंगलबार मध्यरातदेखि तीन साता लामो लकडाउनमा जानेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ यसको जानकारी गराएका हुन्। भारतमा संक्रमितको संख्या ५ सय नाघेको छ भने १० जनाको मृत्यु भइसकेको छ।

‘भारतलाई बचाउन सबै नागरिक, सबै गल्ली र सबै क्षेत्र लकडाउनमा राखिनेछन्,’ मोदीले देशबासीको सम्बोधनका क्रममा भने।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वास्थ्य अनुसन्धानकर्ताहरुले मध्य अप्रिलसम्म भारतमा १० लाखभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणमा पर्ने प्रक्षेपण गरेपछि मोदीले यो घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।