क्वालालाम्पुर ः कोरोना भाइरसको महामारीसँगै गर्भनिरोधक साधन कन्डमको अभाव खड्किन थालेको छ ।

विश्वकै ठूलो कन्डम उत्पादक कम्पनीले आफ्नो उत्पादन रोकेको जनाएको छ । मलेसियाको करेक्स बिएचडीले उत्पादन नै रोकेको हो । विश्वभर पाइने हरेक पाँच कन्डममध्ये एउटा कन्डम मलेसियन कम्पनी करेक्सको हुन्छ ।

हाल उक्त कम्पनीले मलेसियामा रहेका आफ्ना तीनवटै फ्याक्ट्रीबाट उत्पादन रोकेको हो । एक साताअघि यहाँको सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछि उक्त कम्पनी पनि बन्द भएको हो ।

जब कि, मार्केटमा पहिलेदेखि नै एक करोड जति कन्डमको अभाव भएको बताइन्छ । उक्त कम्पनीलाई शुक्रबार कन्डम पुन उत्पादन गर्न सरकारले अनुमति दिएको थियो । तर ५० प्रतिशत कामदारसहित संकटमा रहेका उद्योगका लागि विशेष छुट गर्नुपर्ने शर्तमा ।

‘यसका लागि समय लाग्छ । र हामी आधा क्षमतामा माग पूरा गर्न प्रयास गर्नेछौँ,’ कम्पनीका प्रमुख गोह मिआ किटले भनेका छन् । साथै विश्वव्यापी रुपमा जताततै डरलाग्दो तरिकाले कन्डम अभाव हुने उनले बताएका छन् ।

‘मेरो चासो अफ्रिकामा हुने मानवीय कार्यक्रमका लागि हो । अभाव दुई हप्ता वा महिनाका लागि हुँदैन, अभाव महिनौँसम्म हुनेछ,’ किटले भने । दक्षिणपूर्वी मुलुकमा कोरोनाबाट अति प्रभावित भएको मलेसिया पनि हो । जहाँ २ हजार १ सय ६१ संक्रमित छन् । साथै २६ जनाको मृत्यु भइसकेको छ ।

अप्रिल १४ सम्मका लागि मलेसियन सरकारले लकडाउन घोषणा गरेको छ । यसवाहेक धेरै कन्डम उत्पादन गर्ने देश चीन पनि हो । जहाँ कोरोना भाइरसको महामारी अझै मत्थर भइसकेको छैन । यस्तै भारत र थाइल्याण्डमा पछिल्लो समय संक्रमण फैलिँदै गरेको छ ।

गोह भन्छन्, ‘राम्रो कुरा त के भने, कन्डमको माग अझै कडा रुपमा छ । किनकि, मन परे पनि नपरे पनि यसको प्रयोग अत्यावस्यक हो । मान्छेहरु यस्तो अवस्थामा सम्भवतः बच्चा जन्माउन चाहँदैनन् । यस्तो अनिश्चितता बचि, ठीक समय हैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah