अष्ट्रेलियाको सिड्नीस्थित एक महिलाले पुलिस अधिकारीलाई थुकेकी छिन् । द गार्डियनका अनुसार शुक्रबार अपरान्ह पुलिसले ग्रिनेकरमा रोक्दा उनले आफ्नो गाडी १२० किलोमिटर माथिको गतीमा कुदाएकी थिइन् ।

स्रोतका अनुसार पछि उनलाई रोबर्टस् रोडमा प्रहरीले पक्राउ ग–यो । पुलिसले बाहिर निस्कन भनेपनि उनी अटेर भएर भित्रै बसिरहेकी थिइन् ।

जब उनलाई पुलिसले जबर्जस्ती कारबाट बाहिर निकाल्न खोज्यो तब २५ वर्षकी ती युवतीले पुलिसको अगाडि खोकिन् र उनलाई थुक्दै आफू कोभिड–१९ को परीक्षण गर्न यात्रा गरिरहेको बताइन् ।

त्यसपछि उनीमाथि तीब्र गतीमा गाडी हुँइकाएको र ड्युटीमा रहेको प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता गरियो । शुक्रबार उनी पारामाटा स्थानीय अदालतमा उपस्थित भइन् ।

‘पुलिसले कुनै पनि अवस्थामा आफूमाथि भएको यस्तो व्यवहार सहन सक्दैनँ,’ एनएसडब्ल्यूका पुलिस असिस्टेन्ट कमिश्नर माइकल कर्बोइले भने ।

ती महिलामा श्वासप्रश्वाससम्बन्धि कुनै समस्या देखिएको छैन यद्यपि, ती पुलिस अधिकारीको कोभिड–१९ परीक्षण गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय