लाखौं मानिसको ज्यान लिने स्पेनिस फ्लु महामारी फैलिएको बेलामा जन्मेका एक व्यक्ति कोरोनाभाइरसबाट निको भएर घर फर्केका छन् ।

सन् १९१९ मा जन्मेका ती व्यक्ति उत्तरपूर्वी इटलीको रिमिनीका बासिन्दा हुन् ।

कोरोनाबाट निको भएर अस्पतालबाट छुट्टी पाएका उनी निको हुने सबभन्दा वृद्ध मानिस भएको बताइएको छ ।

रिमिनी शहरकी उपमेयर ग्लोरिया लिसीले ती व्यक्तिलाई मिस्टर पी भनेर मात्र चिनाइन् । उनलाई अघिल्लो साता अस्पतालबाट डिस्चार्ज गरी परिवारकहाँ फर्काइएको लिसीले बताइन् ।

इटलीमा वृद्धवृद्धा अनि स्वास्थ्य समस्या भएकाहरूलाई कोरोनाले भकाभक शिकार बनाइरहँदा यी वृद्ध निको हुनुमा आफैंमा एक सुखद खबर हो ।

इटलीको नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार, कोरोनाका कारण मर्ने ८६ प्रतिशत व्यक्तिको उमेर ७० वर्षभन्दा बढी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय