एजेन्सी । जर्मनीको हेसे प्रान्तका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका छन् । कोरोना महामारीका कारण अर्थतन्त्रमा भारी गिरावट आएपछि तनाव रहेका उनले आत्महत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन् । उनको शव रेलवे ट्रयाकमा भेटिएको बताइएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केल र राज्य प्रमुख वाकर वाइफरले आइतबार मन्त्री थोमसले आत्महत्या गर्नुभएको जानकारी दिएका छन् । ५४ वर्षीय मन्त्री थोमसको शव शनिबार रेलवे ट्रयाकमा भेटिएको थियो । घटनाका सम्बन्धमा प्रतिक्रिया दिँदै राज्यप्रमुख वाइफियरले भने, ‘उहाँले आत्महत्या गरेको भन्ने कुराले हामी एकदमै दुःखी छौ, यो घटनालाई अझै पनि विश्वास गर्न सकिएको छैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जर्मनीको आर्थिक राजधानीको रुपमा चिनिने फ्रान्कफ्रट पनि हेसी प्रान्तमै पर्दछ । राज्य प्रमुख वाइफियरका अनुसार शेफर १० वर्षका लागि अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी कोरोना महामारीले पारेको आर्थिक प्रभावको सामना गर्न कम्पनी र कादारहरुसँग मिलेर दिनरात काम गरिरहेका थिए । महामारीका कारण अर्थव्यवस्थामा गिरावट आएपछि उनी निकै तनावमा थिए । लोकप्रिय र उच्च सम्मानित नेताका रुपमा उदाएका शेफरलाई त्यहाँका जनताले राज्य प्रमुख वाउफियरको उत्तराधिकारीका रुपमा लिने गर्दथे । उनी मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन अफ जर्मनी (सिडियु) पार्टीसँग आबद्ध थिए ।

जर्मनीमा कोरोना महामारीका कारण अहिले सन् १९९० पछिकै सबैभन्दा ठूलो आर्थिक मन्दी देखिएको छ । इन्ष्च्यिुट फर इकोनोमिष्ट रिसर्चका अनुसार अहिले त्यहाँ जर्मनी एकीकरणपछिकै सबैभन्दा ठूलो आर्थिक गिरावट आएको दाबी गरेको छ ।