कोरोना भाइरसको महामारीपछि जनतालाई सावधान गराउन भारतको चेन्नईका एक पुलिस अफिसरले नौलो काइदा अपनाएका छन् ।

लकडाउनको समय बाहिर निस्किएकाहरु सुनसानमा यी अफिसरलाई देख्दा तर्सने गरेका छन् किनकी राजेश बाबुले कोरोना भाइरसको संकेत दिने हेल्मेट लगाउँछन् ।

कोरोना नियन्त्रण गर्ने लक्ष्यले २१ दिनका लागि भारतमा लकडाउन गरिएको छ । यस्तोमा कोरोनाको संकेत दिने हेल्मेट लगाएका यी अफिसरले बाहिर निस्कनेहरुलाई ‘सेल्फ–आइसोलेसन’ बस्न सतर्क गराउँछन् ।

‘लकडाउनका बाबजुद मानिसहरु अझै सडकमा आइरहेका छन् । त्यसैले यो कोरोना हेल्मेटले प्रहरी महामारीलाई लिएर कति गम्भीर छ भन्ने बोध सर्वसाधारणलाई गराउँछ,’ एशियन न्युज इन्टरनेशनलसँग उनले भनेका छन्,‘ यो हेल्मेट केही फरक गर्ने प्रयास हो । जब मैले यो लगाउँछु तब मलाई लाग्छ बटुवाहरुको दिमाग पनि कोरोना भाइरस आउँछ । विशेषगरी यस्तो अवस्थामा देखेपछि बालबालिकाले कडा प्रतिक्रिया जनाउने गरेका छन् र उनीहरु चाडैं घर फर्कन आफ्ना अभिभावकलाई कर गर्छन् ।’

एएनआईका अनुसार स्थानीय कलाकार गोथामले कागजको प्रयोगमार्फत यो हेल्मेट तयार गरेका हुन् र यी प्रहरीलाई लगाउन दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah