साउदी अरबमा एक पुरुष नर्स अस्पतालबाट घर आउँदा छोरोलाई अँगालो हाल्न नपाएपछि रोएका छन् । कोरोनाभाइरसको डरका कारण उनले छोरालाई अँगालो हाल्न नपाएका हुन् ।
राजधानी रियादको एक अस्पतालमा काम गर्ने नर्स नासेर अली अल–शाहरानी घर आइपुग्दा भिडियो खिचिएको थियो । उनका छोरा मोहम्मद हात फैलाएर दौडिएको अनि बुवाले उसलाई ढोकैमा रोकेको देखिन्छ ।
छक्क परेको बच्चो परै उभिन्छ अनि अल–शाहरानी टुक्रुक्क बस्छन् र रुन थाल्छन् । अल–शाहरानीले लकडाउनका नियम तथा अन्य पूर्वसतर्कताहरू नअपनाउने मानिसको मुटु यसले छोला कि भनी भिडियो शेयर गरेको बताए ।
साउदी अरबमा कोरोनाभाइरसका १२ सय ९९ वटा केस देखिएका छन् भने आठजनाको मृत्यु भएको छ । देशले संक्रमण फैलिन नदिन अन्तर्राष्ट्रिय उडानहरू रोकेको छ, तीर्थयात्रामा रोक लगाएको छ अनि मस्जिद, विद्यालय, शपिङ मल र रेस्टुराँहरू बन्द गरेको छ ।
https://wus-streaming-video-msn-com.akamaized.net/65a13d2f-93fe-41d5-b6c5-02877f32f98e/8aa46abe-cb29-4195-bb1d-a3315bd8_2250.mp4









