साउदी अरबमा एक पुरुष नर्स अस्पतालबाट घर आउँदा छोरोलाई अँगालो हाल्न नपाएपछि रोएका छन् । कोरोनाभाइरसको डरका कारण उनले छोरालाई अँगालो हाल्न नपाएका हुन् ।

राजधानी रियादको एक अस्पतालमा काम गर्ने नर्स नासेर अली अल–शाहरानी घर आइपुग्दा भिडियो खिचिएको थियो । उनका छोरा मोहम्मद हात फैलाएर दौडिएको अनि बुवाले उसलाई ढोकैमा रोकेको देखिन्छ ।

छक्क परेको बच्चो परै उभिन्छ अनि अल–शाहरानी टुक्रुक्क बस्छन् र रुन थाल्छन् । अल–शाहरानीले लकडाउनका नियम तथा अन्य पूर्वसतर्कताहरू नअपनाउने मानिसको मुटु यसले छोला कि भनी भिडियो शेयर गरेको बताए ।

साउदी अरबमा कोरोनाभाइरसका १२ सय ९९ वटा केस देखिएका छन् भने आठजनाको मृत्यु भएको छ । देशले संक्रमण फैलिन नदिन अन्तर्राष्ट्रिय उडानहरू रोकेको छ, तीर्थयात्रामा रोक लगाएको छ अनि मस्जिद, विद्यालय, शपिङ मल र रेस्टुराँहरू बन्द गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर