दमक/ २० चैत-दमक नगरपालिकाले स्थापना गरेको कोरोना राहत तथा निवारण कोषमा सहयोग रकम थपिने क्रम बढेको छ। समाजसेवी मनका धनिहरु विपन्न लक्षित राहतको निम्ति धमाधम यस कोषमा सहयोग गरिरहेका छन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यहि परिप्रेक्ष्यमा दमक जेसिजले उक्त राहत कोषमा ८०,१०० रुपैयाँ सहयोग गरेको छ। आज नेपाल जेसिजका पुर्व अध्यक्ष प्रकास अधिकारी, दमक जेसिजको वर्तमान अध्यक्ष कमल कट्वाल, दमक जेसिजका निवर्तमान अध्यक्ष चन्द्र खत्री लगायतको उपस्तिथिमा दमक नगरपालिकाका मेयर रोमनाथ ओलि र उपमेयर गीता अधिकारी लाई उक्त रकम हस्तान्तरण गरिएको हो।