चीनको शिन्चेन शहर बिरालो तथा कुकुरको मासु खान प्रतिबन्ध लगाउने पहिलो शहर बनेको छ। कोरोना भाइरसको संक्रमण जंगली जनावरको मासुबाट फैलिएको हुन सक्ने देखिएपछि शिन्चेन शहरले बिरालो तथा कुकुरको मासुमा प्रतिबन्ध लगाएको हो ।

कोरोना भाइरस जंगली जनावरको मासुबाट मानिसमा सरेको देखिएपछि चीन सरकारले जंगली जनावरको मासुमा प्रतिबन्ध लगाएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शिन्चेन शहर त्यो भन्दा पनि अघि बढेर घर पालुवा बिरालो तथा कुकुरको मासु पनि खान नपाउने नियम ल्याएको हो । यो कानून मे एकदेखि कार्यान्वयनमा आउने छ ।

ह्युमन सोसाइटी इन्टरनेशनल (एचएसआइ) का अनुसार एसियामा प्रति वर्ष मासुका लागि तीन करोड कुकुर मारिन्छन् । जनावरको अधिकारको पक्षमा काम गर्दै आएको एचएसआइले यो कदमको स्वागत गरेको छ ।