सास फेर्दा र कुरा गर्दा मात्र पनि कोरोनाभाइरस सर्ने भनी अमेरिकाको नेसनल एकेडमी आफ सायन्सेजले बुधवार चेतावनी दिएको छ ।

उक्त संस्थाका एक अग्रणी सदस्य डा हार्भे फाइनबर्गले सास फेर्दा र कुरा गर्दा पनि भाइरस सर्ने भएकाले सबैले सुरक्षित रहनुपर्ने बताए । तर मास्क चाहिँ स्वास्थ्यकर्मीहरूका लागि छोडेर आफूले अरू कुराले नै अनुहार ढाक्ने उनको भनाइ छ ।

ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य तथा अग्रणी सरुवा रोग विशेषज्ञ डा एन्थोनी फाउचीले अमेरिकीहरूलाई सार्वजनिक स्थानमा अनुहार ढाक्न लगाउने विषयमा गहन छलफल भइरहेको बताए ।

श्वासप्रश्वासका अन्य रोग जस्तै कोरोनाभाइरस पनि भाइरस कणहरू बोक्ने थोपामार्फत सर्छन् ।

बिरामी मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा त्यस्ता थोपा बाहिर निस्कने सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले चेतावनी दिएको छ ।

तर कुरा गर्दा पनि संक्रमित थोपाहरू हावामा उड्ने डा फाइनबर्गले बताए । कोरोना संक्रमितको सास समेत खतरनाक हुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah